State no. 1

रेडक्रसले मोरङको उर्लाबारीमा 'ब्लड' बैंक खोल्यो

उर्लाबारी : नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाले यहाँ पहिलो पटक रक्तसञ्चार सेवा ९ब्लड बैंक० शुरु गरेको छ ।  गत साउन पहिलो साता नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले सो सेवाको उद्घाटन गरे । वश्यक पूर्वाधार नहुँदा झण्डै दुई महिनापछि...

गाउँपालिकाले २६ वटा सिफारिस नि:शुल्क गरिदिने

इनरुवा : सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ ।  गाँउपालिकाले जनताको सेवालाई सहज बनाउन र जनतामाथि करको भार पर्न नदिनका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारी...

मोरङमा कारको ठक्करबाट युवकको मृत्यु

उर्लाबारी : मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार साँझ कारको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१५च २०६३ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको ना४०प १९४३ नंको मोटरसाइकल...

११ लाख रूपैयाँ चोरेका झापाका मिलन श्रेष्ठ पक्राउ

बनियानी : मेचीनगरबाट चोरीको रकमसहित प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मेचीनगर–६ का २५ वर्षीय मिलन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। श्रेष्ठले मेचीनगर–६ स्...

उदयपुरको तावा खोलामा डुबेर कुँवरको मृत्यु

गार्इघाट : कटारी नगरपालिकाको वडा नम्बर २ भएर बग्ने तावा खोलामा डुबेर ऋषि कुँवरको मृत्यु भएको छ ।  घर नजिकै बग्ने तावा खोलामा डुबेका कुँवरलार्इ स्थानीयबासीले उद्दार गरि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

प्रदेश नं १मा चारजनाले गरे आत्महत्या

विराटनगर- प्रदेश नं १ को सुनसरी, उदयपुर र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा एकै दिन चारजनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा उदयपुर त्रिजुगा नगरपालिका–१ कङखोलाका ६१ वर्षीय लीलबहादुर विश्वकर्मा, ताप्लेजुङ फुङलिङ नगरपालिका–३ का २० वर्षीय सन्तोष पाल...

पाँचथरको भेडीगोठमा हैजा, भेडाबाख्राले आँखा देख्न छाडे

पाँचथर : पाँचथरको फालेलुङ गाँउ पालिकाका विभिन्न खर्कका भेडीगोठमा हैजा फैलिँदा एकैसाथ एकसय ५० भन्दा बढी भेडाबाख्राले आँखा देख्न छोडेका छन् ।  शुरुमा आँखाबाट आँशु आउने, कचेराले क्रमशः आँखा ढाक्न थाल्ने, नानी धमिलो हुँदै गएर पुरै आँखा सेतो हुने त्यसपछि आँखा...

कोशीटप्पुका वन्यजन्तु पीडितलाई क्षतिपूर्ति

इनरुवा : सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षले आरक्षका जङ्गली जनावरबाट पीडित परिवारलाई क्षतिपूर्ती उपलब्ध गराएको छ ।  आर्थिक वर्ष २०७४÷७५ मा जङ्गली जनावरबाट पीडित परिवारलाई रु एक करोड १४ लाख १८ हजार क्षतिपूर्ति दिएको आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुम...

झापाको हल्दीबारीमा बीस लाखको छात्रवृत्ति

बनियानी : हल्दिबारी गाउँपालिकाले १० विद्यार्थीलाई रु २० लाखको छात्रवृत्ति प्रदान गरेको छ ।  पशु विज्ञान सम्बन्धी अध्ययनका लागि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले छात्रवृत्ति उपलब्ध गराइएको सो गाउँपालिकाका अध्यक्ष र...

र्इटहरी नगरपालिकाका कर्मचारी विदुर रेग्मी घुससहित पक्राउ

इटहरी : इटहरी उपमहानगरपालिका–१० का वडा सचिव विदुर रेग्मी सेवाग्राहीबाट घुस लिएकोे अभियोगमा पक्राउ परेका छन् ।  होटल सञ्चालन सम्बन्धी दर्ता स्वीकृतिको प्रमाणपत्र उपलब्ध गराउने भन्दै सेवाग्राहीबाट रु १३ हजार घुस लिएको अभियोग प्रमाणसहित शुक्रबार साँझ इटहरी&...

नक्कली नोटसहित काँकडभिट्टाबाट दुई भारतीय पक्राउ

बनियानी : पूर्वीनाका काँकरभिट्टाबाट मंगलबार दुई भारतीय नागरिक पक्राउ परेका छन् ।  नेपाली नक्कली नोटसहित भारत सिलिगुढीका ४० वर्षीय सतिस अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेस अग्रवाल पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार दुवै...

कांग्रेस प्रदेश १ को संसदीय दलको सचेतकमा राई

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको सचेतकमा सुयर्माराज राई नियुक्त भएका छन्  । कांग्रेसको संसदीय दलको बैठकले मोरङ क्षेत्र नं. ३ (क) बाट राई निर्वाचित भएका हुन् । प्रदेश १ को नेपाली कांग्रेसको संसदीय दलको सचेतकको पद रिक्त रहेको थियो । राईको नि...

कागजपत्र मिलाएर ६० हजार बुझ्ने सचिवमाथि उजुरी

संखुवासभा–संखुवासभा जिल्लाका पाँचखपन नगरपालिका २ का वडा सचिवले नगरपालिकाले तोके भन्दा दोबर भत्ता लिएको खुलेपछि अख्तियारमा उजुरी परेको छ । वडा सचिबलाई एक वडा कार्यालय हेरेबापत नगरपालिकाले २ हजारका दरले भत्ता दिने  निर्णय गरेको थियो ।  सचिब राम...

तेह्रथुममा कृषि मल अभाव

तेह्रथुम : खेतीबाली उत्पादनका लागि रासायिनिक मलमा निर्भर हुँदै गएका जिल्लाका किसानले अावश्यक मल नपाएको बताएका छन् ।  बाली लगाउने र गोडमेल गर्ने समयमा मलको अभाव भएको भन्दै किसानहरूले चिन्ता प्रकट गरेका छन् ।  जिल्लास्थित मल अापूर्ति तथा अनुगमन समितिको...

सडकको दुरावस्थाले संखुवासभाबासीलार्इ सास्ती

संखुवासभा : चैनपुर–पोखरी सडक खण्ड अन्तर्गतका विभिन्न ठाउँमा गहिरो खाल्डा हिलोका कारण साना तथा ठूला सवारी साधन सञ्चालनमा समस्या भएको छ ।  सडक खण्डको धेरै ठाउँमा बाटो राम्रो भए पनि संखुवासभा क्याम्पस अगाडि तथा मुनिको घुम्ती, डाँगीगाउँ, सवकचोक, पोख...

जनप्रतिनिधिको सेवासुविधामा फेरबदल हुन सक्ने

 झापा–प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जनप्रतिनिधिको सेवासुविधामा फेरबदल हुन सक्ने बताएका छन् । जिल्ला समन्वय समिति झापाले आज आयोजना गरेको तीनदिने ‘न्यायिक अधिकारसम्बन्धी तालीम’को उद्घाटन गर्दै उनले प्रदेश सरकारको...

चार पार्टीको संयुक्त बन्द: पूर्वका नौ जिल्लामा यातायात सेवा ठप्प

इलाम । राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बूवान पार्टी नेपाल, लिम्बूवान राष्ट्रिय क्रन्तिकारी पार्टी र कोचिला एकता मोर्चाले बन्दको बन्दका कारण इलामसहित पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित बनेको छ ।  बन्दमा लिम्बूवान जनता पार्टी नेपाल, खम्बुवान मुक्ति मोर्चा संघीयवाद...

प्राकृतिक सौन्दर्यको अनुपम उपहार त्रिधार्मिकस्थल हलेसी

खोटाङ ।  धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध रहेको छ खोटाङको हलेसी । ठूल्ठूला चट्टानको बीच भागमा रहेको गुफाभित्र विराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ ।  गुफाभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार हो ।&...

माछा मार्न जाँदा पानीमा डुबेर मृत्यु

धनकुटा : सिथुङ तालमा माछा मार्न गएका चाैबिसे गाउँपालिका-२ का ३४ बर्षीय धर्मेन्द्र मगरको तालमा डुबेर मृत्यु भएको छ ।  धनकुटा र छिमेकी जिल्ला मोरङको सिमानामा रहेको सो तालमा माछा पाल्नका लागि गाउँपालिकाले सिथुङ खोलालार्इ छेकेर ड्याम बनाएको थियो ।&...

स्वास्थ्य चौकीमा जाँच गर्ने गर्भवतीलाई १० वटा अण्डा

तेह्रथुम : म्याङलुङ नगरपालिका–९ वडा कार्यालयले गर्भवती महिलालाई प्रोत्साहनस्वरुप अण्डा वितरण गर्न थालेको छ । गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पु-याउन तथा नियमित गर्भपरीक्षणका लागि सन्देश प्रवाह गर्ने उदेश्यले वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको हो ।  ...