साउदी अरबमा यसरी परिवर्तन हुँदैछ महिलाको जीवनशैली

साउदी अरबको समाजमा महिलाको जीवनबारे अक्सर प्रश्न उठ्ने गर्दथ्यो । किनकी त्यहाँका महिलाको सार्वजनिक जीवन अस्वीकृत जस्तै थियो । तर हालै साउदीमा महिलालाई पनि सवारी चलाउन छुट दिएपछि यसको संसारभरी नै प्रशंसा गरिएको छ महिलाहरुले विशेष गरी केही वर्षअघि नै गरिनुपर्ने तर अहिले आएर मात्रै गरिएको काम भन्दै यसको प्रशंसा गरेका थिए । साउदी अरबका महिलाले यो मुद्धाका बारेमा खुलेर कुराकानी गरेका थिए र आफ्नो समाजमा महिलाको बदलिदो जीवनबारे पनि उनीहरु खुसी छन् सामाजिक मिडियाका क्षेत्रमा कार्यरत २५ वर्षीय बायन भन्छिन्, ‘साउदी अरब र साउदी महिलाका बारेमा ठूलो मतभेद रहेको छ कि हामी पुरुषका हिसाबमा चल्नुपर्दछ तर यो साँचो होइन । म आहार, फेशन, जीवनशैली र ब्युटीजस्ता मुद्धामा कुरा गर्दछु ।’बायनाले बीबीसीसँगको कुराकानीमा भनिन्, ‘सामाजिक सञ्चालमा सन्देश दिनेहरुका लागि यो महत्वपूर्ण छ कि सही सन्देश प्रवाह गर्नुहोस् । सबै सामाजिक मिडियाको प्लेटफर्म एक प्रभावशाली हतियार जस्तै हुन्छ । महिलाका रुपमा हामी नेटवर्किङ गरिरहेका छौं । आफ्ना विचार सार्वजनिक गरिरहेका छौं । हाम्रा कुरा पनि राखिरहेका छौं । हामी धेरै शिक्षित र कुनै पनि मुद्दामा खुलेर विचार राख्छौं । तर यो सही हो कि हामी हाम्रो हदभित्र बसेर यी कुरा गर्दछौं ।’यसैगरी २४ वर्षीय सारा साउदी अरबमा महिलाको स्थितिमा आइरहेको परिवर्तनबारे भन्छिन्, ‘साउदी अरबमा परिवर्तनको गतिबारे अक्सर बुझ्न सकिदैन । मेरी हजुरआमाले मेरी आमाको जस्तो जीवन बाँच्नुभएन र मैले पनि निश्चित रुपमा मेरी आमाको जस्तो जीवन बाँचेकी छैन ।’सारा भन्छिन्, ‘हामीले जुन प्रकारले केही वर्ष र केही पीढिमा विकास गरेका छौं र बढेका छौं, यो पुरै संसारमा भएको विकासको गतिभन्दा धेरै नै फरक छ । हाम्रा लागि हाम्रो धर्म र हाम्रो संस्कृति धेरै महत्वपूर्ण छ । हामी अब आफ्नो आवाज आफ्नो चाहाना खोजिरहेका छौं ।’सारा भन्छिन्, ‘कुनै समयमा साउदीमा एक समान समाज थियो । मलाई लाग्छ कि चुनौति यो हो कि तपाई सन्तुलन खोजी गर्नुहोस, जसमा तपाई के चाहनुहुन्छ त्यो गर्नुहोस र अरुको तरिकाको पनि सम्मान गर्नुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?