कम सुत्ने मानिसमा लाग्न सक्छ यस्ता रोग

मानिसलाई निन्द्रको अति आवश्यक पर्ने गर्छ । दिनभरी काम गरेका कारणले हाम्रो शरीरका कोषहरु थाकेका हुन्छन् । यिनीहरुलाई पनि हामीलाई जस्तै आराम चाहिन्छ । त्यसैले हामी ७–८ घण्टा सुत्नु पर्छ । अहिलेको व्यस्त समयमा पनि मानिसहरु आफ्नो निन्द्रा राम्ररी पुर्याइरहेका हुँदैनन् । इन्टरनेट, मोबाइल, टिभी आदिले गर्दा मानिसहरु राति कम सुत्ने गर्छन् । यसले हाम्रो शरीरलाई ठूलो असर पार्छ । यदि हामी कम सुत्ने गछौं भने हामीलाई विभिन्न प्रकारका रोगहरु लाग्न सक्छ । त्यसैले हाम्रो शरीरलाई आवश्यक पर्ने जसी सुत्नु पर्छ कम सुत्दा लाग्नसक्ने विभिन्न प्रकारका रोगहरु:-१) क्यान्सरः कम सुत्ने मानिसहरुको शरीरमा असर गर्ने विभिन्न राडिकलको मात्रा बढ्ने गर्छ । यसले क्यान्सर लाग्न मद्दत गर्छ २) मधुमेहः राति कम सुत्ने मानिसलाई बाहिरको खाना बढी खान मन लाग्छ । बाहिरको खानामा ग्लुकोजको मात्रा बढी हुने भएकाले यसले मधुमेह लाग्ने सम्भावना प्रवल हुन्छ ३) हृदयघातः बिहान धेरै पानी पिउँदा शरीर।भित्रका बिकार पिसाबमार्फत बाहिरिन्छन् । त्यस्तै, राति पूरा निद्रा नपुर्याउँदा ‘ब्लडप्रेसर’ सम्भावना रहन्छ, जसले हृदयघात र स्ट्रोकको सम्भावना बढाउाछ ४) अलजाइमरः सुत्दा दिमाग पुनजीर्वित र ताजा हुन्छ । दिनभरको कामसँगै निम्तिएको दिमागको थकानलाई रातभरको निद्राले आराम पुग्छ । तर, निद्रा अपुग भएमा बिहान उठ्दा दिमाग अशान्त नै रहन्छ । यसले भुल्नसक्ने समस्या निम्त्याउँछ५) इण्डीफोरः राति कम सुत्ने मानिसमा उण्डीफोर बढी मात्रामा आउने गर्छ । अनिधोको कारण हाम्रो छालामा रहेका हर्मोन असुन्तुलित रुपमा काम गर्छ । यसले गर्दा डण्डीफोर देखा पर्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?