हृदयघातको जोखिम, किन, कसलाई र कसरी हुन्छ ?

के हो हृदयघात ४० वर्ष पछिको उमेर, पुरुष लैंगिकता र हृदयको पारिवारिक इतिहास, जसलाई उल्ट्याउन नसकिने भनिन्छ रगतमा उच्च कोलेस्टेरोल, उच्च ट्राइग्लिसराइड, उच्च एल.डि.एल कोलेस्टेरोल, उच्च नन् एच.डि.एल. वा भि.एल.डि.एल कोलेस्टेरोल, निम्न एचडिएल कोलेस्टेरोल, उच्च रक्तचाप, मधुमेह, धुुम्रपान, मद्यपान, निस्क्रिय जीवनशैली, मोटोपन, पोषणयुक्त खानाको अभाव आदिलाई उल्टाउन सकिने कारण मानिन्छ यसकारण हुनसक्छ जोखिम ?१ उमेर वृद्धिसँगै हृदयघातको जोखिम पनि बढ्छ । ४० वर्षपछि उमेर सँगै व्यक्तिको नशामा डीजेनेरेसनको प्रकृया बढ्ने हुँदा हृदयघात चाँडै हुन सक्छ २. पुरुष लैगिंकता हृदयघातका ९० प्रतिशत घटना पुरुषहरुमा पाइएकोले वैज्ञानिकहरु पुरुष हुनुलाई पनि हृदयघातको जोखिम मोल्नु मान्छन् ३. पारिवारिक इतिहास हृदयघात अनुवंशिय रोग पनि हो । जुन आमा–बुबाहरुबाट सन्तानलाई जन्मजात सर्दछ । हृदउघातको इतिहास भएको र यस्ता व्यक्तित्वहरु दुव्ला पातला भएपनि उनिहरुको कलेजोले प्राकृतिक रुपमै धेरै कोलेस्ट्रोल बनाउँछ फलतः हृदय रुग्ण भई हृदयघात हुन सक्छ के छ निदान १. उच्च रक्तचाप संयुक्त कोलेस्ट्रोलकालेस्ट्रोल रगतमा पाइने एक किसिमको चिल्लो पदार्थ हो । यो तत्वको रक्त मात्र सामान्य भन्दा ज्यादा भएमा मुटु, मस्तिष्क, आँखा, गोडाका धमनीहरुमा जमेर हृदयघात, मस्तिष्कघात, दृष्टिघात, डिप भने थ्रम्बोसिस् जस्ता समस्या गराउँछ २. उच्च रक्त एलडीएल कोलेस्ट्रोलयसलाई खराब कोलेस्ट्रोल पनि भनिन्छ । खानामा कोलेस्ट्रोल र ट्राइग्लिसेराइडको मात्रा जति धेरै हुन्छ त्यति नै एलडिएलको मात्रा ज्यादा हुन्छ । रगतमा उच्च एलडीएल भएमा यसले रक्त नलीलाई रिल्याक्स गराउने इन्डोथेलीयम डिराइभ रिल्याक्सिंग फ्याक्टरको उत्पादन कम गराउँछ र उक्त नलीलाई कसिलो बनाइराख्छ ३. उच्च भि एलडीएल कोलेस्ट्रोलयो कोलेस्ट्रोललाई पनि कलेजोले कोलेस्ट्रोल र तेल (ट्राइग्लिसिराइड) बोक्न बनाउँछ । ट्राइग्लिसिराइडलाई तन्तुहरुमा अनलोड गरेर आए पनि यो एलडीएल बन्छ । बनेको एलडीएल प्रतिक्रियात्मक भएर नशाको भित्ताहरुमा जम्न पुग्दछ र मुटु तथा रक्त नलीका रोग लग्छ ४. उच्च रक्त ट्राइग्लिसिराइड५ं निम्न रक्त एचडीएल कोलेस्ट्रोलयसलाई राम्रो कोलेस्ट्रोल पनि भनिन्छ । यसले फ्रि कोलेस्ट्रोललाई रगत र अन्य तन्तुबाट पक्रेर कलेजोमा ल्याई विसर्जन गरी रगतको कालेस्ट्रोल स्तर कम गर्न मद्दत गर्दछ । यदि रगतमा एचडीएल कोलेस्ट्रोलका स्तर कम भएमा धेरै भएको कोलेस्ट्रोलखाई कलेजोमा ल्याएर विसर्जन गर्ने क्रिया अवरोध हुने हुँदा रगतमा अन्य कोलेस्ट्रोल बढ्न गइ मुटु तथा रक्त नलिको रोगहरु लाग्छ ६. उच्च टोटल कोलेस्ट्रोल र एचडीएल अनुपातयो अनुपाल मुटुरोगको महत्वपूर्ण सूचानांक हो । यो अनुपाल ज्यादा भएमा मुटुरोगको उच्च जोखिम रहन्छ ७. उच्च रक्तचाप१५५ मुटुरोग उच्च रक्तचापको कारण लाग्ने गर्दछ । यसरी लामो समयसम्म रक्तचाप भइरहँदा धमलीहरुको भित्री पत्र इन्डोथेलियम लेएर क्षति ग्रस्त हुन गइ कोलेस्ट्रोल जम्ने र प्लाक बन्ने क्रिया द्रुत गतिमा हुन पुग्छ र हृदयघात लाग्छ ८. मधुमेहमधुमेह हुँदा बढेको ग्लुकोजले स–साना रक्तनलीहरुलाई क्षतिग्रस्त गर्ने र कोषहरुको कोलेस्ट्रोल ग्रहण गर्ने क्षमता हुने हुँदा नसालाई क्षतिग्रस्त हुन र कोलेस्ट्रोल बढ्न मद्दत गर्दछ । यसो हुँदा रक्तनलीहरुमा चाँडै बोसो जमेर हृदयघात लाग्छ ९. मोटोपनमोटोपन भएकाहरुको बोसो तन्तुले लिपोकाइन्स भन्ने केमिकल उत्पादन गर्दछ जसलाई मुटुरोगको पनि कारक मानिन्छ । मोटोपनले मुटुरोगका अन्य जोखिमहरुलाई बढी जन्माउाछ फलतः मोटो मान्छे मुटुरोगको सिकार हुन पुग्छ १०. निस्क्रिय जीवनव्यायाम र श्रमबाट भाग्दा कोलेस्ट्रोलको रक्तस्तर, सुगरको रक्तस्तर र शरिरिक तौल घटाउँन सकिदैन । फलत मुटु्रोग चाडै लाग्ने सम्भावना रहन्छ ११. धुम्रपान तथा सुर्ती सेवनधुम्रपान नगर्ने भन्दा गर्नेलाई मुटुरोग लाग्ने खतरा ४०० प्रतिशत ज्यादा रहन्छ । जर्दा सुर्ति, पान मसला खैनी नश, गुल, बज्जर, हुक्का, कंकड जस्ता सुर्तिजन्य पदार्थहरुको पनि उत्तिकै हृदयघात कारक छन् १२. मानसिक तनाववैचारिक ओहापोहाले उत्पन्न भएका मानसिक तथा शारिरिक असहजतालाई तनाव भनिन्छ । तनावले रक्तचाप, रक्त सुगर, हृदयको गती, कोलेस्ट्रोल, बोसो लाग्ने क्रिया, रगत जम्ने क्रियालाई बढाउँछ । यसरी सबै कुरा बढ्दै जाँदा हृदयरोग लाग्छ १३. चोकर र रेसाको कमीरेसा र चोक्कर नभएको मसिलो मिठो खानाले मुटुलाई राम्रो गर्दैछ । चोक्कर भएको खानाले विषक्त तत्वलाई अवशोषण गरि नशामा बोसो जम्न दिँदैन । मसिलो मिठो खानाले तौल पनि चाँडै बढाउँछ । फलतः मुटु रोग लाग्छ १४. एन्टिअक्सिडेन्टको कमीभिटामिन, खनिज, एन्अिक्सिडेन्ट र अन्य सुक्ष्म पोषक तत्वहरुले हृदयरोगबाट बचाउछ । भिटामिन त्यसमा पनि भिटामिन ए, भिटामिन सि र भिटामिन ई नसाको भित्रीपत्रलाई स्वस्थ राख्न आवश्यक पर्दछ १५. टायप ‘ए’ व्यक्तित्वटायप ए व्यक्तित्व भएका व्यक्तिहरु अधैर्यवान, सधै तनावमा रहने, इख राख्ने, बैरत्व लिने, आफ्नो हठ र अडानहरु छाड्न नसक्ने प्रवृत्तिका हुन्छ । यसको अलावा यी व्यक्तिहरु सधै हतारमा रहने, पूर्वाग्रही,आलोचक, अभद्र व्यवहार गर्ने, अरुलाई दबाएर राख्ने, प्रतिसपर्धि, अहंकारी र प्रतिक्रिया वादी हुन्छन् । यस्ता व्यक्तित्वहरुको हृदय तथा रक्तनली कमजोर बनाउँछ । फलतः मुटु चाँडै रोगी हुन्छ १६. मदिरापानमदिरापान र मुटुको स्वास्थयलाई लिएर ठूलो विवाद छ । रक्सी खानेहरुले मुटु मैत्री माने पनि तथ्य यसको ठिक विपरीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?