वाइन भन्ने वित्तिकै मानिसहरुले यसलाई खराब चिजको रुपमा लिने गर्छन् । यदी मानिसहरुलाई वाइनले पुर्यउने विभिन्न फाइदाको बारेमा थाहा हुने हो भने मानिसको दिमागबाट यो भ्रम हटेर जानेछ । अहिलेको आधुनिक समयमा वाइन खाने मानिसहरुको संख्या धेरै छ। कुनै पार्टी हुँदा वा साथीहरु भेट्दा वाइन खाने गरिन्छ । मनोरञ्जनको लागि होस् वा यसका फाइदाको लागि होस् मानिसहरुमा यसको बानि पर्दै गएको पाइन्छ । हामीले वाइनलाई सही मात्रामा खाने गरेमा यसले हाम्रो शरीरलाई विभिन्न फाइदा पुर्याउने काम गर्छ वाइन खानुका फाइदाः–१. आयू लामो बनाउँछः विभिन्न अध्ययनले वाइन सही मात्रामा हरेक दिन पिउने व्यक्तिहरु धेरै बाच्ने गरेको देखाउँछ । यसमा पाइने रेज्भेराट्रोल तत्वले हाम्रो शरीरलाई छिट्टै बुढो हुनबाट बचाउँछ २. स्मार्ट बनाउँछः रेज्भेराट्रोलले हाम्रो दिमागलाई छिट्टो सञ्चालन गर्न मद्दत गर्छ जसले गर्दा हाम्रो बोलीमा परिवर्तन आउने गर्छ । यसले गर्दा मानिसहरु कुनै पनि कुरा छिट्टै सिक्ने र बुज्ने हुन्छन् ३. जिम गर्नुभन्दा बढी फाइदाः क्यानाडाको अल्बर्ट यूनिधरसिटिले गरेको अध्ययन अनुसार जिम गर्दा हाम्रो दिमाग, मुटु र हाडजोर्निलाई हुने फाइदाभन्दा बढी फाइदा वाइनको सेवनले हुने गर्दछ ४. तनावबाट मुक्तः हप्ताको दुईदेखी सात गिलास वाइन पिउने व्यक्तिलाई तनाव कम हुने गर्दछ । जस्तोसुकै समस्या भएता पनि वाइन खाना दिमाग ताजा हुने गर्दछ जसले मानिसलाई डिप्रेसन हुने सम्भावना कम हुन्छ ५. कलेजोलाई हानि कमः जाडरक्सि खाँदा कलेजो खराब हुने कुरा बुजिन्छ । वाइनले वियर, रक्सि जस्तै हाम्रो शरीरको कलेजोलाई बढी असर गर्दैन । त्यसैले यसको सेवन हानिकारक छैन ६. आँखालाई फाइदाः यसमा पाइने रेज्भेराट्रोलले आँखा वरिपरिको नशाहरुमा रगत सञ्चालन हुन मद्दत गर्छ । यसले मधुमेहको कारण आँखा दुख्ने गरेको छ भने त्यसलाई कम गर्ने काम गर्छ । बुढो हुँदै जाँदा आँखाका कोषहरुलाई नष्ट हुनबाट बचाउँछ ७. दाँतलाई फाइदाः वाइनले दाँतमा ब्याक्टेरियाहरुको संक्रमण हुन दिँदैन । यसले दाँतलाई सेतो र चम्किलो बनाउन मद्दत गर्छ ८. विभिन्न क्यान्सरबाट बचाउँछः वाइनले स्तन क्यान्सर, प्रोस्ट्रेट क्यान्सर हुनबाट बचाउँछ । यसमा प्रसस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइने गर्छ जसले हाम्रो शरीरमा रायडिकल जम्मा हुन दिँदैन र क्यान्सर हुने सम्भावना कम हुन्छ ९. कोलेस्ट्रोल सन्तुलनः हरेक दिन वाइनको सही मात्राले शरीरको कोलेस्ट्रोललाई सन्तुलन राख्छ । यसले हाम्रो शरीरलाई फाइदा पुर्याउने कोलेस्ट्रोललाई बढाउने काम गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया