एजेन्सी । ढाका टोपीमा सजिएर नेपाली मुलका भारतीय फुटबल टिम कप्तान सुनिल क्षेत्री विवाह बन्धनमा बाँधिएका छन् । लामो समयदेखि कोलकताकी सोनम भट्टाचार्यसँग प्रेममा रहेका कप्तान क्षेत्रीले सोमबार हिन्दू परम्परा अनुसार विवाह गरेका हुन् सोमबार कोलकतामा भएको विवाहमा क्षेत्री नेपाली ढाका टोपीमा सजिएर घोडा चढि दुलही लिन गएका थिए । उक्त विवाह गुडगाउँको एउटा होटलमा भएको थियो । विवाहको एक दिन अघि कप्तान क्षेत्रीे जनै लगाएको फोटो सार्वजनिक गरेका थिए मोहन बगानका पूर्व उत्कृष्ट खेलाडी सुब्रत भट्टाचार्यकी छोरी सोनमसँग क्षेत्रीले दुई साताअघि इंगेज्मेन्ट गरेका थिए इन्डियन सुपर लिगको चौँथो सत्रको उदघाटन खेलमा उनले मुम्बई सिटीविरुद्ध खेल्दै बेंगलुरु एफसीका कप्तान क्षेत्री नयाँ दिल्ली पुगेका थिए सोनम भट्टाचार्यले स्कटल्यान्डबाट बिजनेस मेनेजमेन्टमा स्नातक गरेकी छिन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया