काठमाडौं, २३ पुस । काठमाडौंमा ८ वर्षयताकै चिसो महसुस गरिएको छ । लगातार चिसो बढिरहेका बेला आइतबार बिहान शून्य डिग्रीमा झरेको छ सन् २०१० पछि काठमाडौंको तापक्रम शून्यमा झरेको हो । गत वर्ष काठमाडौंको न्यूनतम तापक्रम ०.४ डिग्रीसम्म झरेको थियो आइतबार बिहान काठमाडौंको शून्य डिग्री तापक्रम जुम्लापछिको सबैभन्दा कम हो । पुस २० गते काठमाडौंको तापक्रम १.५ डिग्री सेल्सियस थियो उत्तर–पश्चिम वायु चलिरहेकाले अबको २–३ दिन काठमाडौंको न्यूनतम तापक्रम शून्य डिग्रीकै वरिपरी रहने मौसम विज्ञान विभागले जनाएको छ काठमाडौंमा सन् १९७८ मा माइनस ३.५ डिग्री तापक्रम मापन भएको थियो । त्यसपछि सन् २००० मा काठमाडौंको तापक्रम माइनस ३ डिग्री भएको थियो आइतबार बिहान जुम्लाको तापक्रम माइनस ८.७ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया