मनाङमा बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । मनाङको ङिस्याया गाउँपालिका २ घ्यारुमा बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मंगलबार बिहान ९: ३० बजे ङिस्याङ गाउँबाट यात्रु लिन जाने क्रममा सडक भासिएर ग१ज ७२७८ नम्बरको बलेरो पल्टिदा चालक विशाल तामङको मृत्यु भएको हो ।

चालक तमाङको स्थाई घर मकवानपुर हेँटौडा रहको प्रहरीले जनाकारी दिएको छ । दुर्घटनाका बेला उक्त जिपमा सवारी धनी र चालक मात्र रहेका थिए ।

सडक भासिदै गर्दा सवारी धनिलाई जिपबाट ओर्लन लागाई आफूले गाडि कन्ट्रोल गर्ने क्रममा ब्रेक फेल भई पल्टिएपछि तामाङको मृत्यु भएको हो । जिप सडकबाट २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?