सरकारले औषधि पसलहरुको अनुगमनमा कडाई गर्दै

काठमाडौं । सरकारले औषधि पसलहरुको अनुगमनको काममा कडाई गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले चिकित्सकहरुको प्रेसक्रिप्सनविनानै औषधि विक्री वितरणको काम भईरहेको उल्लेख गर्दै औषधि पसलहरुको अनुगमनको काममा कडाई गर्न लागिएको बताउनु भएको हो ।

‘वल्ड फर्मासिष्ट डे’ को अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले औषधि पसलहरुको अनुगमन तथा त्यसका सामग्रीहरुको व्यवस्थापनका लागि सरकारले छुट्टै महाशाखा स्थापना गर्ने तयारी गरिरहेको पनि बताउनु भयो । औषधि पसलहरुको अनुगमनको काम संघीय सरकार आफैंले गर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै सो जिम्मेवारीबाट पन्छिन नमिल्ने पनि राज्यमन्त्री यादवको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?