१४ बर्षीया बालिका गर्भवती बनाउने ६५ बर्षीया वृद्ध पक्राउ

काठमाडौं । बालिका बलात्कार गरि गर्भवती बनाएको आरोपमा एक वृद्द पक्राउ परेका छन् ।
पुर्व नवलपरासीको प्रहरीले एक १४ बर्षीया बालिका बलात्कार गरि गर्भवती बनाएको आरोपमा ६५ बर्षीय एक वृद्धलाई पक्राउ गरेको छ ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १६ घर भई कावासोतीमा बस्दै आएका ६५ बर्षीय टेकबहादुर घलेलाई १४ बर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी मोहन पोखरेलले जानकारी दिए ।
निज वृद्ध विरुद्ध बलात्कार आरोपमा जाहेरी परेपछि उनलाई पक्राउ गरि अदालतमा म्याद थप गरि अनुसन्धान भई रहेको उनले बताए । उनका अनुसार ती बालिकाको पेटमा ७ महिनाको गर्भ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?