अमेरिकी राजदूत बेरीले किन भेटे कांग्रेस सभापति देउवालाई ?

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सभापति देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटवार्तामा उहाँहरुबीच समसामयिक राजनीति र द्विपक्षीय आपसीहितका विषयमा छलफल भएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिनुभयो ।
भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकाैंदेखिको विकास साझेदारी अझ प्रभावकारीरुपमा अघि बढाउनेलगायत विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?