दाङ, २९ पुस । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दाङमा ५ नं प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत हेमन्त रावलको अध्यक्षता एवं नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीको प्रमुख आतिथ्यतामा शनिबार घोराहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो आगामी माघ २४ गते हुने निर्वाचनका लागि ५ नं प्रदेशको दाङ देउखुरी जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो मुख्य निर्वाचन अधिकृतले राष्ट्रियसभा निर्वाचन प्रक्रियासँगै राष्ट्रियसभाका मतदाता प्रदेश सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुख रहने व्यवस्था रहेको छ । प्रदेश नं ५ मा १२ जिल्ला रहेका छन् । निर्वाचन प्रक्रिया माघ ७ गतेदेखि शुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया