काठमाडौं, १ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्न प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग माग गरेका छन् उनले विधान विपरित रहेकोले संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्न माग गरेको बताएका छन् कांग्रेसको विधानमा संसदीय बोर्ड बढीमा १४ सदस्यीय रहने उल्लेख भएपनि अहिले २४ जना रहेका छन् भने कार्यसम्पादन समितिमा पदाधिकारीसहित २९ केन्द्रीय नेताहरु छन् सोमबार बालुवाटारमा भएको काँग्रेस शीर्ष नेताहरुको छलफलका क्रममा पौडेलले यस्तो प्रस्ताव राखेका हुन् । सो बैठकमा राष्ट्रिय सभा र प्रदेश प्रमुखको नियुक्ति तथा अस्थायी मुकाम तोक्नेबारेमा छलफल भएको बताइएको छ हालै भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेपछि काँग्रेसभित्र सुधार गर्नुपर्ने आवाज व्यापक रुपमा उठ्ने गरेको छ । छलफलका क्रममा पौडेलले केन्द्रीय समितिको बैठक बोलाउन समेत माग गरेका छन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया