फेरि नयाँ पार्टी जन्मियो, नेकपा(जनविद्रोह) गठन

काठमाडौँ, १ माघ – नेपाल कम्युनिष्ट.पार्टी.(जनविद्रोह ) नामक नयाँ राजनीतिक दलको औपचारिक घोषणा भएको छ वामपन्थी नेता निर्मल लामाको जन्मजयन्तीका अवसरमा गठित पार्टी महासचिवमा निमा फिन्जो लामासहित २१ केन्द्रीय सदस्य छन् नेता निर्मल लामाको सपना साकार पार्न र जनतामाथि भएका अन्याय र भ्रष्टाचारविरुद्ध लड्ने उद्देश्यका साथ सो दलको जन्म भएको महासचिव लामाले बताए । पार्टी घोषणा कार्यक्रममा निर्मल लामाकी श्रीमती सुकन्या वाइवाको पनि सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?