प्रदेश राजधानी माग गर्दै बुधबारदेखि अनिश्चितकालीन दाङ बन्द

दाङ, ३ माघ । प्रदेश राजधानीको माग गर्दै बुधबारदेखि दाङ अनिश्चितकालीन बन्द गरिएको छ प्रदेश नं. ५ को राजधानी दाङ हुनुपर्ने माग गर्दै दाङ राजधानी सरोकार समितिको सक्रियतामा अनिश्चितकालीन बन्द आह्वान गरिएको समितिका सदस्य सचिव सविन प्रियासनले जानकारी दिए अनिश्चित बन्दका कारण बिहानैदेखि जिल्ला ठप्प रहेको छ । पूर्वपश्चिम राजमार्गको सवारी आगागमन पनि ठप्प भएको छ । जिल्ला उद्योग कलकारखाना, यातायात, शिक्षण संस्था, व्यापार व्यवसाय पनि बिहानैदेखि बन्छ रहेका छन् । सरकारले उच्च अदालत भएको जिल्ला छोडेर राजनीतिक पहुँचका आधारमा रुपन्देहीमा प्रादेशीक मुकाम तोक्न थालेको भन्दै दाङमा नै प्रदेश मुकाम तोकिनुपर्ने माग राखेर मंगलबार देखि आन्दोलन सुरु भएको थियो सभिव प्रियासनका अनुसार, बुधबार आन्दोलनलाई अझ कडा बनाइएको बताए । प्रदेश मुकामका लागि सबै पूर्वाधार, भौगोलिक अवस्था र आधारहरु दाङमा तयार भइरहेको र प्रदेशको मुख्य केन्द्रमा रहेको दाङ छोडेर भारतसँग जोडिएको रुपन्देहीको लुम्बिनी क्षेत्रमा मुकाम तोक्ने तयारी सरकारबाट हुनु जनताको भावना विपरीत भएको जिल्ला सरोकारवालाहरुले बताएका छन् राजधानी दाङ घोषणा नभए राष्ट्रिय सभा निर्वाचन कार्यतालिका सञ्चालन गर्न नदिने तयारी समेत भएको समितिले जनाएको छ । दाङलाई प्रदेश नम्बर ५ को राजधानी नबनाउने चलखेल बढेको र राजनीतिक पहुँचका आधारमा एक कुनामा राजधानी राख्न थालिएको भन्दै उक्त कार्य कदापी हुन नदिने नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?