काठमाडौं, २ माघ । मन्त्रिपरिषद बैठकमा नै प्रदेशहरुको अस्थायी मुकाम तोक्ने विषयमा विवाद भएको छ विवादपछि बुधबार बिहान बसेको बैठकमा मन्त्रिपरिषद बैठक दिउँसो सम्मका लागि स्थगित गरिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीले अस्थायी मुकामबारे राखेको प्रस्तावमा मन्त्रिहरुले अडान नछाडेपनि सहमति हुन नसकेको हो मन्त्रिहरुले नै आफ्नो अनुकुल अस्थायी मुकाम हुनुपर्ने अडान राखेका थिए । प्रधानमन्त्रीले प्रदेश १ को अस्थायी मुकाम विराटनगर राख्न प्रस्ताव गरेका थिए भने राप्रपा प्रजातान्त्रिकबाट मन्त्री बनेका सुनिलबहादुर थापाले धनकुटा हुनुपर्ने अडान राखेका थिए प्रदेश २ को राजधानी जनकपुर प्रस्ताव गरिएको छ । उपप्रधानमन्त्री कमल थापाले हेटौंडालाई ३ नम्बर प्रदेशको अस्थायी मुकाम बनाउनुपर्ने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया