काठमाडौं,३ माघ। निकै लाको रस्साकस्सीपछि सरकारले सात प्रदेशको प्रदेश प्रमुख र अस्थायी साजधानी तोकेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश प्रमुखहरु र अस्थायी साजधानी तोकेको हो सरकारले प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, नम्बर ५ को रुपन्देही अस्थायी राजधानी तोकिएको छ । यस्तै प्रदेश ६ को सुर्खेत र ७ को धनगढी अस्थायी केन्द्र तोकिएको छ । यसैगरी प्रदेश प्रमुखहरुमा प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई नियुक्त गरिएको छ । प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दलले भागवण्डा गरेको बुझिएको छ । जसमा प्रदेश नम्बर १ मा फोरम र ५ मा राजपाको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको छ भने ५ जना कांग्रेसको सिफारिसमा भएका हुनु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया