काँग्रेस केन्द्रिय समिति बैठक सूरु

काठमाडौँ, ४ माघ- नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठक सुरु भएको छ राष्ट्रिय सभाको निर्वाचनको उम्मेदवार तय गर्ने विषयलाई मुख्य एजेन्डा बनाएर पार्टी केन्द्रिय कार्य समितिको बैठक बोलाइएको हो । निर्वाचनपछि पहिलो पटक बसेको केन्द्रिय कार्य समिति बैठकमा निर्वाचन समिक्षाको विषयले पनि प्रवेश पाउने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले भने पार्टी नेतृत्वको कमजोरीकै कारण पार्टीले अनपेक्षित हार व्यहोर्नु परेको आरोप लगाउँदै पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाको आलोचना गर्ने तयारी गरेका छन । वरिष्ठ नेता पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको कारण देखाउँदै पार्टी सभापति देउवाको राजीनामा माग गर्न पार्टी केन्द्रिय समिति बैठक बोलाउन दवाव दिँदै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?