काठमाडौंमा मधेशीमाथि ट्राफिक प्रहरीको ज्यादती

काठमाडौं । कालो वर्ण भएको मान्छे काठमाडांैमा ज्यादतीको शिकार हुनु सामान्य घटना हुँदै गएको छ कालो वर्णका मान्छे सबै मधेशी हुनु, भारतीय नागरिक हुनु र उनीहरूलाई हेप्नुमा राज्यकै संयन्त्र लागेको उदाहरणहरू प्रसस्त पाइन थालेको छ । हालै राजधानीको नया वानेश्वरमा भारतीय नम्बर प्लेटको गाडी चढेर आएका एक मधेशी नागरिकलाई त्यहाँ उपस्थित ट्राफिक प्रहरीले कुन हदसम्म अपहेलना र ज्यादती गरे, अनुमान गर्न सकिदैन राज्यले जनताको सेवा गर्न पठाएका प्रतिनिधिले नै जनताविरुद्ध जाइलागे पछि जनताले आफ्नो राज्यको उपस्थिति कहाँ खोज्न जाने । नया वानेश्वरमा बीआर०६पीसी८७३७ नम्बरको भारतीय गाडी चढेर आएका एक मधेशी नागरिकलाई डिउटीमा रहेका ट्राफिक प्रहरीको अभद्र व्यवहार राज्यले मधेशसँग कुन रूपमा गर्दो रहेछ छर्लङ भएको छ । ती ट्राफिक प्रहरीले औला देखाएर जुन रूपमा मधेश र मधेशी समुदायप्रति लक्षित गरेर अभद्रताको परिचय दियो, त्यससम्बन्धमा राज्यको मौनता रहस्मय छ । किनकी अहिलेसम्म ट्राफिक प्रहरी महाशाखाले ती प्रहरीप्रति कुनै प्रकारको कारवाही गरेको छैन, जबकी त्यसको भिडियो सामाजिक सञ्जालहरूमा भाइरल भइसकेको छ । राज्यले नै विभेदलाई प्रश्रय दिइरह्यो भने त्यसले भोली विखन्डनको बिउ रोपिन सक्छ भन्नेमा राज्यसहित सबै किन बेलामा सचेत नहुने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?