बालकोटमा ओली-प्रचण्डबीच ३ घण्टा वार्ता, के भयो निर्णय ?

काठमाडौं, ५ माघ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटभार्ता भएको छ एमाले अध्यक्ष ओली निवास बालकोटमा तीन घण्टा लामो छलफल भएको हो दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म  ओली निवास बालकोटमा भएको बैठकमा कार्यदलको रिपोर्ट, प्रदेश सरकारको गठन र राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल भएको थियो दुई पार्टीबीच  छलफल असाध्यै सकारात्मक भएको र सबै विषयमा खुलेर कुराकानी भएको बताइएको छ दुई नेताबीच भोलि थप गृहकार्य गरेर पर्सी एकता संयोजन समितिको बैठक बसेर छिट्टै पार्टी एकता टुङ्गाउने निर्णय भएको प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले बताए दुई नेताबीच भोलि थप गृहकार्य गरेर पर्सी एकता संयोजन समितिको बैठक बसेर छिट्टै पार्टी एकता टुङ्गाउने निर्णय भएको पनि तिमिल्सिनाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?