पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेललाई पितृ शोक

काठमाडौं, ६ माघ । पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र इञ्जिनियर शेखर पोखरेललाई पितृ शोक परेको छ उनका पिता मास्टर ईश्वरीप्रसाद पोखरेलको १०० वर्षको उमेरमा गएराति आफ्नै निवास सिनामंगलमा निधन भएको हो विसं १९७५ साल साउन ५ गते खोटाङको खार्पामा जन्मिएका मास्टर पोखरेल ३५ वर्ष शिक्षण पेसामा संलग्न भएका थिए । उनका श्रीमती, दुई छोरा र चार छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेल, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव, सीमाविद् बुद्धिनारायण श्रेष्ठलगायतका महानुभाव आर्यघाट पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?