काठमाडौँ, ६ माघ – अनेरास्ववियुको एक टोली भारतबाट मिचिएको भनिएको सीमाक्षेत्र वीरगञ्ज महानगरपालिका–१ छप्कैयातर्फ गएको छ अनेरास्ववियुका अध्यक्ष नवीना लामाको नेतृत्वमा टोली भारतीय पक्षले सीमा मिचिएको उक्त क्षेत्रमा गएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिए टोलीले स्थानीयवासीसँग भेट गरी वास्तविक कति सीमाक्षेत्र भारतीय पक्षबाट मिचिएको छ भन्ने पत्ता लगाई सोही ठाउँमा विरोध प्रदर्शनसमेत गर्ने भएको अध्यक्ष लामाले बताइन् अध्यक्ष लामासहित उपाध्यक्ष सुनित बराल, सचिव आरती लामासहितको १० जनाको टोली गएको हो भारतीय पक्षले उक्त ठाउँमा ५० बिगाहा सीमा मिचेको भन्दै देशभरि नै प्रदर्शन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया