प्रदेश सभा सदस्यको सपथ खान सेनाको हेलिकप्टर चार्टर

काठमाडौं, ७ माघ । प्रदेश नं. ६ का प्रदेश प्रमुख र प्रदेशसभा सदस्यहरु सपथग्रहणका लागि हेलिकप्टर चार्टर गरेर सुर्खेतको वीरेन्द्रनगर पुगेका छन् प्रदेश प्रमुख दुर्गाकेशर खनाल र प्रदेशसभा सदस्यहरुसहित २७ जना नेपाली सेनाको हेलिकोप्टर चार्टर गरेर वीरेन्द्रनगर पुगेका हुन् शनिबारका लागि प्लेन टिकट लिएका उनीहरु उडान नभएपछि आइतबार हेलिकोप्टर चार्टर गरेर वीरेन्द्रनगर पुगेका थिए समानुपातिकतर्फ सांसद बनेकाहरु प्रमाणपत्र ग्रहण गर्न काठमाडौंमा आएका थिए भने अन्य प्रदेश सदस्यहरु पनि काठमाडौंमा नै रहेकाले हेलिकप्टरबाट सुर्खेत गएका हुन् । प्रदेश ६ मा ४० सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?