काठमाडौं, ७ माघ । प्रदेश २ मा सपथ ग्रहणका लागि भाषा विवाद भएपछि सांसदहरुले अलग ललग भाषामा शपथ लिएका छन् प्रदेशको अस्थायी राजधानी जनकपुरस्थित उद्योग वाणिज्य संघको हलमा भएको सपथ ग्रहण समारोहमा जेष्ठ सदस्य एमालेका लगनलाल चौधरीले नेपाली भाषामा सपथ लिएका थिए उनलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ दिलाएका थिए । चौधरी सिरहा १ को कबाट निर्वाचित भएका हुन् तर, प्रदेशसभा सदस्यहरुले नेपाली भाषामा सपथ लिन अस्वीकार गरेका थिए । राजपाका जितेन्द्र सोनलले हिन्दीमा सपथ लिने अडान लिएका थिए भने मनिष सुमन माओवादीका जगत यादवले मैथिलीमा सपथ लिने बताए सपथको भाषामा विवादपछि सबै सदस्यहरुलाई आफूले चाहेको भाषामा सपथ लिने व्यवस्था मिलाइएको थियो । जेष्ठ सदस्य चौधरीले नेपालीमा सपथ पढे भने प्रदेश सभाका अन्य सदस्यले आफ्नो भाषामा सपथ लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया