राष्ट्रियसभाका उम्मेदवारहरु टुंगो लगाउँदै एमाले

काठमाडौँ, ८ माघ । नेकपा एमालेको स्थानीय समितिको बैठक पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा सोमबार दिउँसो ३ बजे बस्ने भएको छ बैठकमा राष्ट्रियसभा निर्वाचनको लागि एमालेले २९ जना उम्मेदवारको नाम टुंगो लगाउने स्थायी समितिच सदस्य सुवा नेम्वाङले बताए यहि माघ २ गते भएको संयुक्त कार्यदलको बैठकले सिफारिस गरेका सदस्य संख्या र हिजो बालकोटमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले अनुमोदन गरेको छ त्यस्तै, सोमबार बस्ने स्थायी समितिको बैठकमा हिजो बसेको संयोजन समितिको बैठकमा भएको छलफलको पनि ब्रिफिङ हुने बताइएको छ साथै एमालेले राष्ट्रियसभा निर्वाचनमा उठाउने उम्मेदवारमा महिला, दलित, अल्पसंख्यक तथा अपांगता भएका व्यक्तिसहित २९ जनाको नाम आज बस्ने बैठकले टुंगो लगाउने नेम्वाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?