सिमेन्ट र छडको मूल्यबृद्धि रोक्न डा. लोहनीको माग

काठमाडौं, ८ माघ– डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको एकीकृत राप्रपा राष्ट्रवादीले निर्माण सामग्रीमा भएको मूल्य बृद्धि रोक्न माग गरेको छ पार्टी महामन्त्री भरतजंग उप्रेतीले सोमबार एक विज्ञप्ति जारी गर्दै भूकम्प पीडितले धमाधम घरहरु निर्माण गर्न लागेको बेला सिमन्ट र छडलगायत निर्माण सामग्रीयमा अचानक भएको मूल्य बृद्धि रोक्न माग गरिएको छ बिना कारण मूल्य बद्धि हुँदा पनि सरकार मौन रहनु दुर्भाग्यपूर्ण भएको राप्रपा प्रचार विभाग प्रमुख सुन्दर पाण्डेले प्रतिक्रिया दिए । उनले आफूहरुको माग सुनाुवाई नभए पार्टी आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिएका छन् १५ दिनको बीचमा ५ पटकसम्म निर्माण सामग्रीको भाउ बढेको सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?