नवराज सिलवालविरुद्ध डिफ्यूजन नोटिस जारी भएपछि एमाले आक्रोशित

काठमाडौं, ८ माघ – पूर्व डिआईजी तथा सांसद नवराज सिलवाल प्रकरणमा सरकार र प्रहरीले गरेको कार्यलाई गलत हर्कत भएको भन्दै एमालेले विरोध गरेको छ एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले सिलवालविरुद्ध प्रहरी प्रधान कार्यालयले डिफ्यूजन नोटिस जारी गरेपछि त्यसको भत्सर्ना गरेको हो एमाले सचिव योगेश भट्टराईले भने, “समय आएपछि न्यायिक जवाफ दिन तयारी अवस्थामा सिलवाल रहेको बेलामा सरकारले यसलाई अन्तर्राष्ट्रियकरण गर्दै इन्टरपोलमा लाने विषय बनाएर बढाइचढाइ गरेको छ, यसको बैठकले भत्र्सना गरेको छ ।”प्रहरीले आज डिफ्यूजन नोटिस जारी गरेसँगै सिलवाल प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरपोल’को मोस्ट वान्टेडको सूचीमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?