काठमाडौं, ८ माघ– नेकपा एमालेले चर्चित लोकगायिका कोमल वलीसहित १३ जनालाई राष्ट्रियसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ सोमबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले प्रदेश नम्बर ५, ६ र ७ का १३ उम्मेदवारको नाम टुंगो लगाएको हो जसअनुसार प्रदेश नम्बर ५ बाट कोमल वली (महिला), दाङसहित सहित रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी, खिमलाल भट्टराई (खुला), रुपन्देही, मीना बुढा (महिला), रोल्पा उम्मेदवार बन्ने पक्का भएको छ यस्तै यस्तै प्रदेश नम्बर ६ बाट कविता बोगटी (महिला), हुम्ला, . नन्दा शर्मा ( महिला), सुर्खेत, . नरपति लोहार (दलित), कालिकोट, भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट र ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुमलाई उम्मेदवार बनाउने निर्णय गरिएको एमाले सचिव प्रदीपकुमार ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ यस्तै प्रदेश नम्बर ७ बाट एमालेले कमला ओली (महिला), कैलाली, इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर, शेरबहादुर कुँवर (खुला), अछाम र चक्रप्रसाद स्नेही (दलित), डडेलधुरालाई उम्मेदवार बनाउने निर्णय गरिएको पनि विज्ञप्तिमा उल्लेख छ माओवादी भएको तालमेल सहमतिअनुसार एमालेको भागमा २९ सदस्य उम्मेदवार परेको छ बाँकी १६ उम्मेदवार पनि क्रमशः छनोट गरेर टुंगोमा पुर्याइने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया