काठमाडौं, ९ माघ । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार चयन गर्न दलहरुलाई सकस परेको छ राष्ट्रिय सभा निर्वाचनका सीमित सिटका लागि धेरै आकांक्षी भएपछि उम्मेदवार छान्न दलहरुलाई कठिनाई परेको हो । बुधबार मनोनयन दर्ता हुने भएकाले दलहरु मंगलबार नै उम्मेदवारको टुंगो लगाउने गरी आन्तरिक छलफलमा जुटेका छन् उम्मेदवार चयन गर्नका लागि नेकपा एमालेको स्थायी समितिको बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बोलाइएको छ । प्रदेश ५, ६ र ७ का उम्मेदवार टुंगो लगाइसकेको एमालेले मंगलबार बाँकी चारवटा प्रदेशबाट उम्मेदवार टुंगो लगाउनेछ उम्मेदवार चयनका लागि नेपाली काँग्रेस पनि आन्तरिक गृहकार्यमा जुटेको छ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारस्थित निवासमा शीर्ष नेताहरुसँग छलफल सुरु गरेका छन् यसैगरी नेकपा माओवादी केन्द्र पनि आन्तरिक छलदफलमा व्यस्त छ । राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न छलफलका लागि नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल अध्यक्ष प्रचण्डको निवास खुमलटारमा छन् माओवादी केन्द्रले उम्मेदवार चयन गर्ने जिम्मा तीन नेतालाई दिएको छ । पटक पटकका छलफलबाट पनि उम्मेदवार चयन गर्न असफल भएपनि तीन जना नेतालाई जिम्मा दिइएको हो माओवादी केन्द्रले क्रान्तिकारी माओवादीबाट अलग भएर प्रचण्डसँग पार्टी एकता गरेका रामबहादुर थापालाई राष्ट्रिय सभामा उम्मेदवार बनाउने तयारी गरेको बताइएको छ यस्तै गोरखामा बाबुराम भट्टराईसँग पराजित भएका अर्का नेता नारायणकाजी श्रेष्ठलाई पनि उम्मेदवार बन्न भनिएपनि उनी इच्छुक नभएको बताइन्छ यसैगरी, संघीय समाजवादी फोरम र राजपाका शीर्ष नेताहरु पनि राष्ट्रिय सभा चुनावका उम्मेदवार चयन गर्ने र आपसमा तालमेल गर्ने विषयमा छलफलमा जुटेका छन् । आगामी माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन हुने तालिका रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया