काठमाडौं, ९ माघ । नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगमका कार्यकारी निर्देशक गोपाल खड्कासँग बयान लिन सुरु गरेको छ खड्कासँग अख्तियारले मंगलबारदेखि बयान लिन सुरु गर्न लागेको हो । आयोगले निगमका पदाधिकारीसँग बयान लिन सुरु गरेको हो जग्गा खरिद काण्डमा मुछिएका जग्गाधनी, बिचौलिया, टेन्डरदाता, तत्कालिन स्थानीय निकायका प्रतिनिधिसहित उच्च पदस्थ १६ जनासँग आयोगले बयान लिइसकेको छ । हालसम्म करीव तीन सय जनाको वयान सकिएको अख्तियारले बताएको छ खड्काको वयानसँगै अब सञ्चालक समितिका तत्कालीन सबै सदस्यको वयान लिने अख्तियारको तयार छ । कतिपय स्थानमा आयल निगमले सिधै जग्गा खरिद गरेको समेत पाइएको छ त्यस्तै, कतिपय स्थानमा बिचौलियामार्फत् र कतिपय स्थानमा जग्गाधनी, बिचौलिया र ठेकेदारमार्फत निगमले जग्गा खरिद गरेको छ । निगमले झापा, सर्लाही, चितवन र भैरहवामा जग्गा खरिद गर्दा एक अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया