राष्ट्रिय जनमोर्चाद्वारा राष्ट्रिय सभाका लागि तीन उम्मेदवार चयन

काठमाडौं,९ माघ । राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तीन जना उम्मेदवार चयन गरेको छ राष्ट्रिय सभामा राष्ट्रिय जनमोर्चाले प्रदेश ४ र ५ का तीन सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ जनमोर्चाले प्रदेश ४ को खुलातर्फ कृष्ण अधिकारी र महिलातपर्ल मिना पुनलाई उम्मेदवार बनाएको छ भने प्रदेश ५ को खुलामा रश्मिराज नेपालीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ रश्मिराज र मिना पूर्वसभासद हुन् भने कृष्ण पूर्वविद्यार्थी नेता हुन् । राष्ट्रिय जनमोर्चाले गत प्रतिनिधिसभा र प्रदेश सभामा वाम गठबन्धनसँग तालमेल गरेको थियो भने स्थानीय निकायमा पनि केही सिट जित्न सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?