काठमाडौँ, ९ माघ- नेकपा माओवादी केन्द्रले एमालेसँग तालमेल गर्दा आफ्नो भागमा परेका १४ मध्ये १३ जना राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको छ माओवादी केन्द्रको शीर्ष नेताको बैठकले मंगलबार १३ जना उम्मेदवारको टुंगो लगाएको हो माओवादीले माओवादी नेता रामबहादुर थापा बादल र दीनानाथ शर्मालाई पनि प्रदेश सभाको उम्मेदवार बनाएको छ । बादल प्रदेश नम्बर ४ बाट खुल्ला तर्फबाट उम्मेदवार बनेका छन् भने दिनानाथ शर्मा प्रदेश नम्बर ४ बाट खुल्लातर्फबाट उम्मेदवार बनेका छन् प्रदेश नं ५ बाट राजकुमार कुंवर (अल्पसंख्यक–अपांग) र चन्द्र बहादुर खड्का (खुला) लाई उम्मेदवार बनाइँदा प्रदेश नं ६ बाट जीवन बुढा (अपाङ्ग–अल्पसंख्यक), युटुल लामा (महिला), कालीबहादुर मल्ल (खुल्ला) लाई उम्मेदवार बनाइएको छ यस्तै प्रदेश नम्बर प्रदेश नं ७ बाट लालिराम लोहार (दलित) र हरिराम चौधरी (खुला) लाई उम्मे्दवार बनाइएको छ माओवादीले प्रदेश नम्बर १ बाट बीना पोखरेल (महिला) लाई उम्मेदवार बनाएको छ । यस्तै प्रदेश नम्बर २ बाट शशिकला दाहाल (महिला) लाई उम्मेदवार बनाउँदा एक जनाको नाम टुंगो लगाउन बाँकी छ यस्तै प्रदेश नम्बर ४ बाट बादलसहित गंगा पराजुली (महिला) लाई उम्मेदवार बनाइएको छ भने प्रदेश नं ४ बाट दीनानाथ शर्मासहित खीमकुमार बिक (दलित) लाई उम्मेदवार बनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया