संसद् बैठक आह्वान र सरकार गठनको तयारी

बुटवल, ९ माघ – प्रदेश नं. ५ का प्रमुख उमाकान्त झाले प्रदेशसभा बैठक र प्रदेश सरकार गठनको तयारी भइरहेको बताएका छन् प्रदेशसभा सदस्यलाई पद तथा गोपनियताको शपथग्रहण गराउने मुख्य काम सकिएपछि उनी प्रदेशसभा बैठक र प्रदेश सरकार गठनको तयारीमा जुटेका हुन् |प्रदेश प्रमुख झाले मुलुकमा प्रादेशिक संरचना नयाँ र पहिलो अभ्यास भएकाले संवैधानिक प्रावधान अनुसार नै सबै काम हुने बताउँदै तोकिएको समयभित्रै प्रदेशसभा बैठक र प्रदेश सरकार गठन हुने बताए निर्वाचन आयोगले प्रदेशसभा सदस्यको निर्वाचन परिणाम सार्वजनिक गरेको २० दिनभित्र प्रदेशसभाको बैठक र ३० दिनभित्र मुख्यमन्त्री अर्थात सरकार गठन गर्नुपर्ने संवैधानिक व्यवस्था छ प्रदेशसभाको बैठक आह्वानका लागि अब दुई हप्ताभन्दा कम समय छ भने सरकार गठनका लागि २३ दिन मात्र बाँकी छ । प्रदेश प्रमुख झाले आफूले संविधानले दिएको दायरा भित्रै रहेर बैठक आह्वान र सरकार गठनका लागि तयारी गरिरहेको जानकारी दिए संसद् सञ्चालनका लागि आवश्यक कर्मचारी आएपछि समयभित्रै काम शुरु हुने बताउँदै उनले यही माघ २३ गते भित्र प्रदेश संसद् आह्वान गर्ने र सो बैठकले आगामी फागनु ३ गते भित्र मुख्यमन्त्री चयन गरिसक्नु पर्ने गरी तयारी भइरहेको बताए संसद् सचिवालयको कार्यालय बुटवल उद्योग वाणिज्य संघमा तोकिएकाले त्यही हलमा संसद्को पहिलो बैठक बस्ने प्रमुख झाले बताए । त्यसपछि सरकार गठन प्रक्रिया शुरु हुने र यसका लागि स्थानीय स्रोत साधन र पूर्वाधार जे छ त्यसमा रहेर काम अघि बढाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?