काठमाडौँ, १७ माघ – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को उच्चस्तरीय कार्य सम्पादन समितिले यही माघ १९ गते प्रदेश नं ३ को सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको छ पार्टी अध्यक्ष पशुपतिशम्शेर जवराको अध्यक्षतामा केन्द्रीय कार्यालय चाबहिलमा आज बसेको बैठकले उक्त प्रदेशको विकास निर्माणमा अब पार्टीले निर्वाह गर्ने भूमिकाकाबारे सम्मेलनमा छलफल तथा पार्टीका प्रदेश तहका नेतालाई विभिन्न जिम्मेवारी प्रदान गर्ने भएको छ नयाँ संरचनाअनुसार पार्टी संगठन निर्माण र विस्तार गर्नका लागि सोहीअनुसारको जनवर्गीय संगठन निर्माण गर्ने तथा प्रदेशगत आधारमा वार्षिक योजना निर्माणका लागि छलफल गरिएको छ सचिावालय प्रमुख राजाराम श्रेष्ठका अनुसार सम्बन्धित प्रदेशले पार्टीका गतिविधि फैलाउन विभिन्न तहमा पार्टी प्रशिक्षण कार्यक्रम गरी संगठन सुदृढीकरण अभियान सञ्चालन गरिनेछ । पार्टी नेताले १५ साधारण सदस्य बनाउने नेतालाई मात्र सक्रिय सदस्यता प्रदान गर्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया