धर्मबारे ज्ञान छैन : प्रधानमन्त्री

काठमाडौँ, २१ माघ –काठमाडौंको गोकर्णेश्वर वडा नं ३ ब्रम्हडोलमा श्रीमद् भागतवत ज्ञान महायज्ञ सुरु भएको छ । महायज्ञको आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे महायज्ञ उद्घाटनमा प्रधानमन्त्री देउवाले नेपाल धार्मिक सहिष्णुता भएको मुलुक रहेको बताए । आफूलाई धार्मिक विषयबारे त्यति ज्ञान नभएपनि महायज्ञको उद्घाटन गर्न पाउँदा आफू खुशी भएको प्रतिक्रिया प्रधानमन्त्री देउवाले दिए ग्राम सुधार आधारभूत विद्यालयको सुधार, शिव पाञ्चायन मन्दिरको संरक्षणार्थ तथा अन्य सामाजिक काम गर्नका लागि महायज्ञ गरिएको आयोजकले जनाएको छ । विद्यालयको स्तरोन्नतिका लागि महायज्ञ गरिएको आयोजक समितिका सदस्य वालकृष्ण पौडेलले जानकारी दिए महायज्ञमा बालब्यास बालयोगेश्वर महाराजले प्रवचन दिनेछन् । महायज्ञको पहिलो दिन गोकर्णेश्वरबाट कलश यात्र गरिएको थियो महायज्ञ उद्घाटनमा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले यस किसिमका धार्मिक गतिविधिले जनताबीच सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गरे महायज्ञ ९ दिनसम्म चल्नेछ । ग्राम सुधार विद्यालयको भौतिक संरचना जीर्ण बनेको र त्यहां अध्ययन गर्नेहरुलाई खानपान लगायतबारे व्यवस्थापनमा सहज होस् भनेर यज्ञ गरिएको हो । यज्ञमा मण्डप पूजापाठ परायण हरेक दिन ७ बजेदेखि १० बजेसम्म हुनेछ । १० देखि १ सम्म र २ बजेदेखि ५ सम्म भागवत वाचन हुनेछ । सांझ ५ बजे प्रसाद वितरण हुनेछ । रात्रीकालिन भजन ८ बजेदेखि १० बजेसम्म हुनेछ । दानविर दाताहरुलाई संस्थाको सदस्यता र आयोजकको नियमानुसार सम्मानको पनि व्यवस्था गरिएको आयोजकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?