नयाँ वर्षको उपलक्ष्यमा भाइबरले ल्यायो “न्यू बिगिनिङ्गस्” योजना

काठमाडौं । राकुटेन भाइबरले नयाँ वर्षको उपलक्ष्यमा प्रयोगकर्ताहरुलाई नयाँ किसिमको सुविधा प्रदान गर्ने भएको छ । वर्तमान कोभिड–१९ ले फैलाएको सन्त्रासको अवस्थाबीच विविध विशेषताहरु उपलब्ध गराइसकेको भाइबरले देशकै एक महत्वपूर्ण उत्सव नेपाली नयाँ वर्षको दौरान घरमै रहेका सबैलाई प्रफुल्लित पार्ने लक्ष्य लिएको छ ।

अब, आफ्नै घरमा आरामले बसिरहेको समयमा नेपालीहरुले “न्यू बिगिनिङ्गस्” मार्फत् आफ्नो शुभकामना अभिव्यक्त गर्न सक्नेछन्, जुन खास रुपमा डिजाइन गरिएको क्यूरेटेड स्टिकरहरु, राम्रो पोलारोइड फ्रेमहरु र आकर्षक कार्डहरु हुन्, जसले शुभकामनालाई नितान्त व्यक्तिगत एवं भित्री ह्रृदयको भएको दर्शाउनेछ ।

शुभेक्षालाई अझ बढी रमाइलो बनाउन भाइबरले जब मानिसले नयाँ वर्षको शुभकामना, शुभकामना, नयाँ तथा अन्य धेरै शब्दहरु प्रयोग गर्छन्, त्यसमा अन–स्क्रिन एनिमेसन पनि थप गरिदिएको छ ।

स्वास्थ्य र सुरक्षाको प्राथमिकतालाई दृष्टिगत गर्दै एप्याकका बिजनेस डेभलपमेन्टका सिनियर डाइरेक्टर अनुभव नैयरले भनेका छन् ।“कोभिड–१९ को महामारीको समयमा हामी चाहन्छौ कि मानिसहरुले नयाँ वर्षको बेलामा पनि सामाजिक दूरीलाई गहनताका साथ पालना गरुन । एक कम्पनी भएको हैसियतले हामीले यो विशेष दिनको महत्वलाई बुझेका छौं र यसैले हामी चाहन्छौं यो संकटको अवस्थामा नेपाली नागरिकहरु घरमै बस्नुहोस् तर घरमै बसेतापनि आफ्ना प्रियजनहरुसँग सम्पर्कलाई निरन्तरता दिइरहनुहोस् । यो पहलकदमीले नयाँ वर्ष जस्तो ठूलो पर्वको समयमा सबैको जीवनमा केही रमाइला पलहरु थप गरिदिनेछ भनें घरमै बसि भाइरसलाई फैलिन नदिएर हराउनु पनि सकिनेछ ।”

यो वर्षको नयाँ वर्ष मनाउने शैली केही भिन्न हुनेछ तर भाइबर मार्फत् मानिसहरुले अझैपनि जिम्मेवार भएर मनाउन र आफ्ना प्रियजनहरुसँग सम्पर्कमा रहन सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?