काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले जारी गरेको अध्यादेश फिर्ता हुँदैमा त्यसले प्रेरित गरेको अपराधलाई कानूनी उन्मुक्ति नदिने बताएको छ । गत बैशाख ८ गते बसेको मन्त्री परिषद्को बैठकले राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश चौतर्फी विरोधपछि शुक्रवार फिर्ता गरिएको छ ।
सरकारले अध्यादेश फिर्ता गरेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै चौतर्फी विरोधपछि दुवै अध्यादेश फिर्ता लिन बाध्य भएको र त्यसको लागि सहयोग गर्ने सबैलाई बधाई दिएका छन् । उनले भनेका छन्, “चौतर्फी विरोधपछि दुबै अध्यादेश फिर्ता लिन सरकार बाध्य भयो । नेपाली कांग्रेस विविध ढंगले स्वदेश र विदेशमा विरोध प्रकट गर्ने युवा विद्यार्थी, पार्टीका साथीहरु, अन्य दल तथा सञ्चार माध्यमलाई बधाई ज्ञापन गर्र्दै सरकारको नियोजित नियत प्रष्ट भैसकेको स्थितीमा निरन्तर सतर्कता र एकताका लागि अपिल गर्दछ” ।
साथै कांग्रेस प्रवक्ता शर्माले अध्यादेशसँगै समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई जनकपुरबाट काठमाडौंसम्म अपहरण शैलीमा ल्याइएको प्रसंगलाई जोड दिँदै त्यस्तालाई उन्मुक्ति दिन नमिल्ने बताएका छन् । “अध्यादेश फिर्ता भएपनि यो प्रकरण संग गांसिएको अपहरण शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषीलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी’ दिइएको शैलीमा झै विवदास्पद ढंगले उन्मुक्ति दिन मिल्दैन् ” । उनले भने ।
साथै कांग्रेसले उक्त काण्डलाई हस्तक्षपमुक्त गहिरो अनुसन्धान र जो कोहिको संलग्नता रहेपनि ईमान्दार कानूनी कारबाहीको समेत माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया