काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा सबैभन्दा ठूलो स्वास्थ्य चुनौति बन्दै आएको कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिले सम्म १ लाख ९८ हजार ९६ हजार जनाको ज्यान गएको छ भने २८ लाख ५० हजार ४५७ जनालाई संक्रमण भएको छ । त्यस्तै विश्वमा ८ लाख १२ हजार ३५० जना उपचार पछि निको भएर घर फर्किएका छन् । त्यस्तै ५८ हजार ३०१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पछिल्लो समय बेल्जियम कोरोना भाइरसको टार्गेट बन्दै गएको । केहि दिनयता बेल्जियममा दिनहुँ सय भन्दा धेरैले ज्यान गुमाएका छन् ।
बेल्जियममा अहिलेसम्म कोरोना भाइसको महामारीका कारण ६ हजार ९१७ जनाको ज्यान गईसकेको छ भने त्यहाँ ४५ हजार ३२५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै २३८ जनाको ज्यान गएको छ भने आजै १ हजार ३२ जना नयाँ संक्रमित थपिएका छन् । बेल्जियममा ९३४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
बेल्जियममा पछिल्लो एक हप्तामा १८ अप्रिलमा १ हजार ४५, १९ अप्रिलमा १ हजार ३१३, २० अप्रिलमा १ हजार ४८७, २१ अप्रिलमा ९७३, २२ अप्रिलमा ९३३, २३ अप्रिलमा ९०८ र २४ अप्रिलमा १ हजार ४९६ जनालाई संक्रमण भएको थियो ।
त्यस्तै १८ अप्रिलमा २९०, १९ अप्रिलमा २३०, २० अप्रिलमा १४५, २१ अप्रिलमा १७०, २२ अप्रिलमा २६४, २३ अप्रिलमा २२८ र २४ अप्रिलमा १८९ जनाको ज्यान गएको छ ।
त्यस्तै पछिल्लो समय कोरोना भाइरसको टार्गेट बन्दै गएको नेदरल्याण्डमा अहिलेसम्म ४ हजार ४०९ जनाले ज्यान गुमाएका छन् भने ३७ हजार १९० जनालाई संक्रमण भएको छ ।
त्यस्तै आज मात्रै त्यहाँ थप १२० जनाको मृत्यु भएको छ भने आजै ६५५ नयाँ संक्रमित थपिएका छन् । नेदरल्याड्समा पछिल्लो एक हप्तामा संक्रमित मृतकको संख्या समग्रमा १०० भन्दा माथि नै रहेको छ ।
१८ अप्रिलमा नेदरल्याड्समा १ हजार १४०, १९ मा १ हजार ६६, २० मा ७५०, २१ मा ७२९, २२ मा ७०८, २३ मा ८८७ र २४ अप्रिलमा ८०६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै त्यहाँ १८ अप्रिलमा १४२, १९ मा ८३, २० मा ६७, २१ मा १६५, २२ मा १३८, २३ मा १२३ र ११२ जनाको मृत्यु भएको छ ।
त्यस्तै कोरोना भाइरसको महामारीका कारण पछिल्लो समयमा अत्याधिक प्रभावित बन्दै गएको देश मेक्सिको पनि हो । मेक्सिकोमा अहिलेसम्म १ हजार २२१ जनाको ज्यान गएको छ भने १२ हजार ८७२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै महामारीका कारण १५२ जनाले ज्यान गुमाएका छन् भने आजै त्यहाँ १ हजार २३९ जना नयाँ संक्रमित थपिएका छन् । केहि दिय यता मेक्सिकोमा महामारीको प्रकोप बढ्दै गईरहेको छ ।
१८ अप्रिलमा मेक्सिकोमा ५७८, १९ मा ६२२, २० मा ७६४, २१ मा ५११, २२ मा ७२९, २३ मा १ हजार ४३ र २४ अप्रिलमा १ जार ८९ जनालाई संक्रमण भएको छ । त्यस्तै मेक्सिकोमा १८ अप्रिलमा ६०, १९ मा १०४, २० मा ३६, २१ मा २६, २२ मा १४५, २३ मा ११३ र २४ अप्रिलमा ९९ जनाको ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया