काठमाडौं – गत वैशाख ५ गते बर्दियाबाट भारत गएका दुई जना भारतीय नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बर्दियाको राजापुर नगरपालिकाको कोठियाघाट किनारमा रहेको एक क्रसर उद्योगमा कार्यरत भारतीय नागरिकहरुमा कोरोना पुष्टि भएको हो । उनीहरुमा कोरोना पुष्टि भएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।
ती भारतीय नागरिकहरु वैशाख ५ गते बहराइच गएका थिए । भारतीय पक्षले उनीहरुको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
कन्ट्याक्ट ट्रेसिङ गर्दा उनीहरुको सम्पर्क कोठियाघाटस्थित क्रसर उद्योगसम्म रहेको थाहा भएको हो ।
लगत्तै क्रसर उद्योगमा कार्यरत सबै मजदुरको थ्रोट स्वाबको नमूना लिएर परीक्षण गरिएको थियो । तर, अन्यमा कोरोना संक्रमण देखिएन ।
भारतमा हालसम्म ८ सय २५ जनाको मृत्यु भएको छ भने २६ हजार २ सय ८३ जनामा हालसम्म संक्रमण देखिएकोमा ५ हजार ९ सय ३९ जना उपचारपछि निको भएका छन् । त्यहाँ ५ लाख ७९ हजार ९ सय ५७ वटा परीक्षण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया