नारायणी अस्पतालमा मृत्यु भएकी २३ वर्षीया युवतीको रिपोर्ट नेगेटिभ

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएकी युवतीको पीसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ ।

वीरगञ्ज–१० अशोकबाटिका बस्ने २३ वर्षीया युवतीको शनिबार मृत्यु भएको थियो । ब्लड क्यान्सरबाट पनि पीडित उनको र्‍यापिड टेष्ट गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।

साथै कोरोना संक्रमणको आशंकामा पीसिआर परीक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?