काठमाडौं – मन्त्रिपरिषद बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेका लागि बोलाइएको बैठक साँझ ५ बजे बस्ने भनिएपनि एक घण्टा ३० मिनेट ढिला गरेर बैठक सुरु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा एक घण्टा ढिला सुरु भएको बैठकमा लकडाउनको मिति थप्नेबारे छलफल हुने बुझिएको छ ।
उच्चस्तरीय समितिले मन्त्रिपरिषदलाई एक साता लकडाउन बढाउन सिफारिस गरेको छ। साथै अबको लकडाउनको ‘मोडालिटी’ पनि पठाएको छ। मन्त्रिपरिषद् बैठकमा त्यसबारे छलफल हुने स्रोतले बतायो ।
कोरोना भाइरस कोभिड १९ बाट बच्न सावधानीस्वरुप नेपालमा लकडाउन सुरु भएको ३४ औँ दिन भएको छ । पछिल्लो पटक एक साताअघि थपिएको लकडाउनको समय भोली सकिँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया