इपीएस दिएर बसेकाहरु कोरिया जान पाउने

काठमाडौं । कोरिया जान चाहने नेपाली कामदारहरुलाई दुइ देशको सरकारको छलफलमा कोरिया जान पाउने भएका छन् । आइतवार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । इपिएस अन्तरर्गत कोरिया जाने श्रमिकहरुलाई दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजाने अनुमति दिने निर्णय पनि बैठकले गरेको खतिवडाले बताए ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि इपीएस उत्तीर्ण नेपालीलाई दक्षिण कोरिया जान रोकिएको थियो। त्यस्तै कोरोनाको जोखिम थप नबढोस भन्नका लागि दक्षिण कोरिया जान तयार ५० जना नेपालीको उडान मिति तय भएको भए पनि तत्कालका लागि सार्ने निर्णय गरिएको थियो । हाल कोरियामा करिव ४० हजार नेपाली कामदारहरु काम गरिरहेका छन् ।

त्यस्तै आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लक डाउनको समय १० दिन थप गर्दै वैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको हो । पछिल्लो पटक थप भएको समय वैशाख १५ गते सोमबार सकिँदै थियो । पूर्वनिर्धारित लक डाउनको समय सकिनु एक दिन अगाडी नै सरकारले १० अझ लम्ब्याउने निर्णय गरेको हो । पहिलो पटक सरकारले चैत ११ गतेबाट लागु हुनेगरी एक हप्ताका लागि लक डाउन घोषणा गरेको थियो । त्यपछि पटक पटक समय थप हुँदै वैशाख १५ गतेसम्म पु-याइएको थियो ।

आइतबार नै बैठकले अन्तर्राष्टिय सीमानाकाहरु वैशाख ३१ गतेसम्म बन्द नै राख्ने निर्णय गरेको छ । बाह्य जगतबाट कोरोनाको जोखिम अझै रहेकाले सीमानाकाहरु वैशाख ३१ गतेसम्म बन्द गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. खतिवडाले बताए ।

 

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार आईतवार मृत्यु भएका यो सहित अमेरिकामा सबैभन्दा बढी ५४ हजार २६५ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख २० हजार १३८ जना पुगेको छ ।

युरोपेली मुलुकहरुमध्ये इटालीमा २६ हजार ३६४ जना, स्पेनमा २२ हजार ९०२ जना, फ्रान्समा २२ हजार ६१४, बेलायतमा २० हजार ३१९ जना, बेल्जियममा ६ हजार ९१७ जना, जर्मनीमा ५ हजार ८७७ जना, नेदरल्यान्ड्समा ४ हजार ४०९ जना, स्वीडेनमा २ हजार १९२ जना, स्वीट्जरल्यान्डमा १ हजार ५९९ जना, आयरल्यान्डमा १ हजार ६३, पोर्चुगलमा ८८० जना तथा रसियामा ६८१ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा ५ हजार ६५० जना, चीनमा ४ हजार ६३२ जना, ब्राजिलमा ४ हजार ५७ जना, टर्कीमा २ हजार ७०६ जना, क्यानाडामा २ हजार ४६५ जना, मेक्सिकोमा १ हजार ३०५ जना, भारतमा ८२५, इन्डोनेसियामा ७२० जना, इक्वेडरमा ५७६ जनाको मृत्यु भएको छ ।

यसअघि प्रकाशित समाचार  :
झापाका ५० वर्षीय पुरुषमा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ५२ पुग्यो

नेपालमा कोरोना अपडेट : १६ जना संक्रमित निको भए, १ सय १० जना आईसोलेसनमा

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?