काठमाडौं । यसबेला सारा विश्व कोरोना भाइरसका कारण तहसनहस बनेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ३ हजार ८४९ जनालाई संक्रमण भएको छ भने २९ लाख ४१ हजार ७३९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ८ लाख ४२ हजार १५१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा यो समाचार तयार पार्दासम्म ५७ हजार ६५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१० देशमा आफ्नो प्रकोप फैलाएको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म अमेरिकामा ५४ हजार २७७ जनाको ज्यान गएको छ भने ९ लाख ६१ हजार ५०० जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ८४९ जना नयाँ संक्रमित थपिएका छन् भने २१ जनाको आज मृत्यु भएको छ । त्यहाँ १५ हजार ११० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै कोरोना भाइरसको कारण स्पेनमा अहिलेसम्म २२ हजार ९०२ जनाको ज्यान गएको छ भने २ लाख २३ हजार ७५९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ७ हजार ७०५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै इटालीमा अहिलेसम्म २६ हजार ३८४ जनाको ज्यान गएको छ भने १ लाख ९५ हजार ३५१ जनालाई संक्रमण भएको छ । त्यहाँ २ हजार १०२ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा अहिलेसम्म २२ हजार ६१४ जनाको ज्यान गएको छ भने १ लाख ६१ हजार ४८८ जनालाई संक्रमण भएको छ । त्यहाँ ४ हजार ७२५ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ८८० जनाको ज्यान गएको छ भने १ लाख ५६ हजार ७२७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै २४१ नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ थप ३ जनाको मृत्यु भएको छ । त्यहाँ २ हजार ५७० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा अहिलेसम्म २० हजार ३१९ जनाको ज्यान गएको छ भने १ लाख ४८ हजार ३७७ जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै टर्कीमा आजसम्म महामारीबाट २ हजार ७०६ जनाको ज्यान गएको छ भने १ लाख ७ हजार ७७३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ हजार ७८२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै ईरानमा अहिलेसम्म ५ हजार ७१० जनाको ज्यान गएको छ भने ९० हजार ४८१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै महामारीबाट ६० जनाको मृत्यु भएको छ भने १ हजार १५३ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ ३ हजार ७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चीनमा आज ११ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै चीनमा ८२ हजार ८२७ जना संक्रमित पुगेका छन् भने ४ हजार ६३२ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै रुसमा अहिलेसम्म ७४७ जनाको ज्यान गएको छ भने ८० हजार ९४९ जनालाई संक्रमण भएको छ । रुसमा आज मात्रै ६ हजार ३६१ जना नयाँ संक्रमित थपिएका छन् भने आजै ६६ जनाको मृत्यु भएको छ । त्यहाँ २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म ४ हजार ५७ जनाको ज्यान गएको छ भने ५९ हजार ३२४ जनालाई संक्रमण भएको छ । त्यहाँ आज १२८ नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ १२ जनाको ज्यान गएको छ । त्यहाँ ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म ७ हजार ९४ जनाले ज्यान गुमाएका छन् भने ४६ हजार १३४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ११७ जनाले ज्यान गुमाएका छन् भने आजै त्यहाँ ८०९ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै क्यानडामा अहिलेसम्म २ हजार ४६५ जनाको मृत्यु भएको छ भने ४५ हजार ३५४ जनालाई संक्रमण भएको छ । त्यहाँ ५५७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ४ हजार ४७५ जनाको मृत्यु भएको छ भने ३७ हजार ८४५ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ६५५ जना नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ ६६ जनाको मृत्यु भएको हो ।
त्यस्तै स्विटजरल्याण्डमा अहिलेसम्म १ हजार ६ सय ७ जनाको ज्यान गएको भने २९ हजार ६१ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ८ जनाको ज्यान गएको छ भने आजै त्यहाँ १६७ जना नयाँ संक्रमित थप्एिका छन् ।
त्यस्तै छिमेकी देश भारतमा अहिलेसम्म ८२६ जनाको मृत्यु भएको छ भने २६ हजार ९१७ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै १ जनाको ज्यान गएको छ भने आज नै त्यहाँ थप ६३४ नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै मेक्सिोकामा आज मात्रै ८४ जनाको ज्यान गएको छ भने आजै ९७० नयाँ संक्रमित थपिएका छन् । त्यहाँ १ हजार ३०५ जनाले ज्यान गुमाईसकेका छन् भने १३ हजार ६२४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै स्विडेनमा अहिलेसम्म २ हजार १९४ जनाको मृत्यु भएको छ भने १८ हजार ६४० जनालाई संक्रमण भएको छ । त्यहाँआज थप २ जनाको ज्यान गएको छ भने आजै त्यहाँ ४६३ नयाँ संक्रमित थपिएका छन् ।
विश्वमा आज यो समाचार तयार पार्दासम्म ७५८ जनाको ज्यान गएको छ भने २४ हजार ४९१ जना नयँ संक्रमित भेटिएका छन् ।
यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :
कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि
उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम
कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु
कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल
लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया