कोरोना अपडेट: ५७ हजार बढी मानिसको अवस्था गम्भीर, मृतकको संख्या २ लाख ५ हजार नाघ्यो

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण यो समाचार तयार पार्दासम्म २ लाख ५ हजार ९ सय ५७ जनाको मृत्यु भइसकेको छ । भने हालसम्म २९ लाख ७१ हजार ९ सय ३६ जना मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३ प्रतिशत अर्थात ५७ हजार ५ सय ५३ जनाको अवस्था गम्भीर रहेको छ । भने ८ लाख ७३ हजार ८ सय ६८ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

कोरोनाबाट विश्वमा नै धेरै मानिसको मृत्यु भएको देश संयुक्त राज्य अमेरिकामा यो समाचार तयार पार्दासम्म ९ लाख ७५ हजार ७ सय ९८ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने त्यहाँ आज मात्रै १५ हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको र ६ सय ८५ जनाको ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म अमेरिकामा ५४ हजार ९ सय ४१ जना मानिसको कोरोनाको कारण ज्यान गइसकेको छ ।

हालसम्म अमेरिकामा ५३ लाख ८१ हजार १ सय ४० जना मानिसले कोरोना परीक्षण गराएका छन् । भने १५ हजार १ सय १६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै स्पेनमा कोरोनको कारण मृत्यु हुनेको संख्या २३ हजार १ सय ९० पुगेको छ । भने हालसम्म त्यहाँ २ लाख २६ हजार ६ सय २९ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने आज मात्रै त्यहाँ कोरोनाको कारण २ सय ८८ जना मानिसको ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

अर्को मुलुक इटालीमा हालसम्म १ लाख ९७ हजार ६ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ । भने हालसम्म इटालीमा कोरोनाको कारण २६ हजार ६ सय ४४ जना मानिसको ज्यान गएको र २ हजार भन्दा बढी मानिसको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा आइतवार कोरोनाका नयाँ संक्रमित थपिएका छैनन् । भने त्यहाँ यो समाचार तयार पार्दांसमम कोरोनाको कारण २२ हजार ८ सय ५६ जना मानिसको कोरोनाको कारण ज्यान गइसकेको छ । त्यस्तै हालसम्म १ लाख ६१ ह्जार ४ सय ८८ जना मानिसमा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै जर्मनीमा कोरोनाको कारण हालसम्म २ हजार ५ सय भन्दा बढी मानिसको अवस्था गम्भीर रहेको छ । भने त्यहा कोरोनाको कारण ५ हजार ८ सय ९६ जना मानिसको ज्यान गइसकेको र आज मात्रै १९ जना मानिसको मृत्यु भएको तथ्यांकले देखाएको छ ।

त्यस्तै बेलायतमा कोरोनाको कारण हालसम्म २० हजार ७ सय ३२ जना मानिको ज्यान गइसकेको छ । भने आज मात्र त्यहाँ ४ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ । साथै त्यहाँ १ लाख ५२ हजार ८ सय ४० जना मानिसमा कोरोनाको संक्रमण देखिएको छ ।

त्यस्तै कोरोनाको कारण छिमेकी मुलुक भारतमा हालसम्म ८ सय २६ जना मानिसको मृत्यु भएको छ । भने २६ हजार ९ सय १७ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । त्यस्तै कोरोना संक्रमित मध्ये ५ हजार ९ सय ३९ जना मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । भने भारतमा हालसम्म ६ लाख २५ हजार ३ सय ९ जना मानिसले कोरोना परीक्षण गराएका छन् । त्यस्तै आजमात्रै त्यहाँ कोरोनाको कारण १ जनाको मृत्यु भएको र ६ सय ३४ जना नयाँ संक्रमित थपिएको छ ।

कोरोनाको कारण रसियामा ७ सय ४७ जना मानिसको ज्यान गइसकेको छ । भने ८० हजार ९ सय ४९ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । भने पछिल्लो २४ घण्टामा ७सय ४७ जना मानिसको कोरोनाको कारण मृत्यु भएको र ६ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै टर्कीमा कोरोनाको कारण हालसम्म २८ सय भन्दा बढी मानिसको मृत्यु भएको छ । भने १ लाख १० हजार १ सय ३० जना मानिसमा कोरोना संक्रमण देखिएको र बितेको २४ घण्टामा २३ सय ५७ जनामा कोरोना पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?