सरकारी वकिल कार्यालयद्वारा सांसद यादव अपहरण प्रकरणको उजुरी लिन अस्विकार

काठमाडौं । पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव अपहरण प्रकरणको उजुरी सरकारी वकिलको कार्यालय काठमाडौंले पनि लिन अस्वीकार गरको छ ।

अपहरणसम्बन्धी उजुरी दिन जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेपनि उजुरी नलिइएको हो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ) तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न जनता समाजबादी पार्टीका नेताहरु काठमाडौं सरकारी वकिलको कार्यालय पुगेका थिए ।

पूर्वराज्यमन्त्रीसमेत रहेका सांसद यादवको अपहरण मुद्धाको जाहेरी दर्ता गर्न यादवसँगै उनका पार्टीका नेताहरु राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ सरकारी वकिलको कार्यालय पुगेका थिए ।

साथै त्यहाँ जानुभन्दा अघि उनीहरुले महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिन गएका थिए । तर प्रहरीले मुद्धा दर्ता गर्न मानेको थिएन् ।

तत्कालीन समाजवादी पार्टीका सांसद डा यादवलाई बस्नेत, श्रेष्ठ र खनालले गत वैशाख १० गते महोत्तरीबाट काठमाडौं ल्याएका थिए ।

आफूलाई जबर्जस्ती अपहरणको शैलीमा काठमाडौं ल्याएको भन्दै अपहरणको मुद्धामा अनुसन्धान गर्न जाहेरी दिन लागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?