प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटघाट, खास के भयो कुरा ?

काठमाडौं । बुधवार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच भेटघाट भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाटका क्रममा आगामी आर्थिक वर्षको लागि बजेटमा विषयमा छलफल गरिएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार बजेट (वर्षे) अधिवेशन बोलाउने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता र नीति तथा कार्यक्रमको विषयमा छलफल भएको हो ।

यतिबेला विश्व नै कोरोना महामारीको संकटमा रहेको छ । हरेक काम कारवाहीमा असर परिरहेको यो बेलामा आगामी बजेट कार्यन्वयनमा चूनौती पक्कै छ । तर सरकारले कोरोना संकटकैबीच समयमा नै बजेट ल्याउने गरी तयारी थालेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?