काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसद भवन पुगेका छन् । संघीय संसदको बजेट अधिवेशन सञ्चालन गर्ने तयारीका लागि ओली संसद भवन नयाँ वानेश्वर पुगेका हुन् ।
संघीय संसदको बजेट अधिवेशन सञ्चालन गर्ने तयारी स्वरुप दुबै सदनका बैठक सञ्चालन गर्न प्रधानमन्त्री ओलीसहित सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फे पनि संसद भवन गएका हुन् ।
बुधवार बिहान भएको भेटघाटका क्रममा सभामुख सापकोटाले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न प्रधानमन्त्री ओलीलाई आग्रहसमेत गरेका थिए।
साथै सापकोटाले प्रधानमन्त्री ओलीसँग भेट गरी बजेट अधिवेशन आह्वान गर्न ढिलाइ नगर्न सुझाएको पनि स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया