काठमाडौं । शुक्रवार नेपालमा थप दुइ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण हुनेमा रुपन्देहीका २५ वर्षीय पुरुष तथा बाँके नेपालगञ्जका २० वर्षीय पुरुष रहेको स्वास्थ्य जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनको क्रममा मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुसार नेपालगञ्जमा भेटिएका संक्रमितलाई शुशिल कोइराला मेमोरियल अस्पतालमा उपचारका लागि ल्याउने तयार भइरहेको छ । भने अर्का रुपन्देहीका संक्रमितलाई भेरि अस्पताल ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । उनीहरुसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।
जसमध्ये ४९ जना पुरुष तथा १० जना महिला रहेका छन् । हालसम्म नेपालमा कोरोना उपचारपछि निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ । बाँकी ४३ जनाको उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ ।
शुक्रबार कोरोना संक्रमण पुष्टि भएका रुपन्देही कोटहीमाईका २५ वर्षीय युवा १४ दिनअघि भारतको दिल्लीबाट आएको खुलेको छ।
ती २५ वर्षीय युवाको रुपन्देहीको भैरहवास्थित बिउविजन कार्यालयमा स्थापना गरिएको कोरोना प्रयोगशालामा पिसिआर परीक्षणका क्रममा कोरोना देखिएको हो ।
अहिले उनलाई लुम्बिनी प्रादेशिक अस्पतालले बुटवल धागो कारखानामा स्थापना गरेको कोरोना विशेष अस्पतालमा उपचार सुरू गरिएको छ।
भने नेपालगञ्जका अर्का ६० वर्षीय पुरुषको बाँकेको खजुरास्थित कोरोना अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया