नेपालमा कोरोना संक्रमण अपडेट : ४९ पुरुष र १० महिला गरी ५९ जना पुगे संक्रमित, ९४ जना आईसोलेसनमा

काठमाडौं – नेपालमा हालसम्म ४९ जना पुरुष संक्रमित र १० महिला गरी कुल संक्रमितको संख्या ५९ जना पुगेको छ ।

रुपन्देही निवासी २५ वर्षीय पुरुष तथा नेपालगञ्ज, बाँके निवासी ६० वर्षीय पुरुषमा आज (शुक्रबार) कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५९ जना पुगेको हो ।

संक्रमित दुबै जनालाई अस्पताल लैजाने प्रक्रिया सुरु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले हालसम्म पिसीआर विधीमार्फत् १२ हजार ५ सय ७ठ जना र आरडिटी विधीमार्फत् ४७ हजार ७ सय ९७ जनाको परीक्षण भएको जानकारी दिए ।

गत २४ घण्टामा मात्रै १ हजार ४ सय ६१ जनामा कोरोना जाँच गरीएको छ ।

उनका अनुसार आरडिटी विधीमार्फत् प्रदेश १ मा ५ हजार ८९, प्रदेश २ मा ५ हजार ६ सय १७, वाग्मती प्रदेशमा ८ हजार ४ सय ९४, गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ४ हजार ३५, कर्णालीमा ५ हजार ५ सय ६७ जना, सुदूरपश्चिममा १३ हजार ५ सय ८४ जनाको कोरोना परिक्षण गरिएको छ ।

आज (शुक्रबार)सम्म क्वारेन्टाईन्मा बस्नेको संख्या २४ हजार ९ सय ७ रहेको छ । यीमध्ये प्रदेश १ मा २ हजार ८ सय ७७ प्रदेश २ मा १ हजार ३३२ जना, वाग्मती प्रदेशमा ५ सय ३८ जना, गण्डकी प्रदेशमा ७ सय ८ जना, प्रदेश ५ मा १२ हजार १ सय ६३ जना, कर्णाली प्रदेशमा ३ हजार ७ सय २४ जना र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ६५ जना क्वारेन्टाईनमा बसिरहेका छन् ।

यस्तै कोरोना संभावित ९४ जना आईसोलेसनमा छन् । काठमाडौंमा ५ र काठमाडौंबाहिर ८९ जना आईसोलेसनमा रहेका छन् ।

त्यस्तै विभिन्न प्रदेशबाट आफूलाई कोरोना संक्रमणको संभावित लक्षण देखिएको भन्दै मन्त्रालयको वेवसाईटमा आफ्ना स्वमूल्याकंनको लागि फाराम भर्ने कुल २९ हजार ३ सय ८४ जना मध्ये ३ सय १५ जना रेड जोनमा परेका छन् । गत २४ घण्टामा मात्रै २ सय ४७ कलहरु आएकोमा ३ जना रेड जोनमा छन् ।

हालसम्म नेपालमा पुष्टि भएका संक्रमितहरुमध्ये रुपन्देशीमा १ जना, नेपालगञ्जमा १ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, वीरगंगनमा ८ जना विराटनगरमा ३१ जना गरी ४३ जना उपचाररत छन् । आजका मितीसम्म उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ ।
नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ ।

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :

कोरोना भाइरस चीनबाटै लिक भएको मसँग प्रमाण छ : अमेरिकी राष्ट्रपति

कोरोना भाइरस सुँघेर पत्ता लगाउन जनावरलाई ‘ट्रेनिङ’

कोरोना संक्रमित पुरुषलाई महिलाको ‘सेक्स हर्मोन’ले बचाउन सक्ने

कोरोनाबारे वैज्ञानिकको नयाँ खुलासा !

दुर्लभ खगोलीय दृश्य : पृथ्वीको नजिकैबाट यसरी गयो उल्कापिण्ड (भिडियोसहित)

‘फलो’ गरेको केहि दिनमै ह्वाईट हाउसले गर्यो मोदीलाई ‘अनफलो’

चीनमाथि ट्रम्पको गम्भीर आरोप

चमेरोले नै कोरोना भाइरसबाट बचाउने वैज्ञानिकको दाबी

अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !

श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !

कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड

रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?

उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर

कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)

लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो

कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी

कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम

कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी

६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !

कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर

जापानमा काटिए आठ लाख फूल

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि

उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम 

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?