काठमाडौं । शुक्रवार सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार भेटघाट भएको छ ।
वरिष्ठ नेता नेपाल निवास कोटेश्वरमा दुई नेताबीच भएको भेटघाटमा नेपकपाभित्रको पछिल्लो समय भएको विवादका विषयमा छलफल भएको छ ।
हाल अध्यक्ष दाहाल र नेपाल नेकपाको एकै कित्तामा उभिएका छन् । शनिवार बस्ने नेकपाको सचिवालय बैठकका विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ । बुधवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संकट समाधानपछि आफूले प्रधानमन्त्रीपद उपाध्यक्ष वामदेव गौतमलाई दिने र तेस्रो अध्यक्ष माधव नेपाललाई दिने बताएका थिए ।
तर राष्ट्रिय सभा सदस्यसमेत नरहेका गौतमलाई प्रधानमन्त्री बनाउन धेरै संवैधानिक प्रावधानहरु मिलाउनु पर्ने हुन्छ । तर दाहाल र नेपालले भने ओलीले प्रधानमन्त्री पद तत्काल छोडनुपर्ने बताउँदै आएका छन् ।
स्रोतका अनुसार आजै मात्र अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग पनि नेपाललाई भेट्नु अघि भेटेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया